Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्‍यो तत्कालै उद्धार

सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्‍यो तत्कालै उद्धार

शनिवार , जेठ ४, २०८२

कास्की । शुक्रबार राति पोखरास्थित सेती नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरेको छ।

पोखरा महानगरपालिका १० पृथ्वी चोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका अन्दाजी २१ वर्षका युवकको तत्कालै उद्धार गरिएको हो ।

पहिचान नखुलेका अन्दाजी २१ वर्षिय युवकले शुक्रबार राती सेती नदीमा हाम फालेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले राती ९ः३५ बजेको समयमा रोप रेस्क्यू प्रयोग गरि ती युवकको उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ती युवकको अन्दाजी १ सय मिटर तल सेती नदीको खोंचबाट अर्धचेत अवस्थामा उद्दार गरिएको थियो । उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077