Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

हावाहुरीको वितण्डा : रुखले च्यापिएर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

हावाहुरीको वितण्डा : रुखले च्यापिएर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

शुक्रवार , जेठ ३, २०८२

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

दिउँसो साढे ४ बजे हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा–७ चारपालामा रहेको प्रतीक्षालयमा ओत लागिरहेका उनीहरूलाई रूख ढलेर च्यापेको हो ।

कमजोर अवस्थामा रहेको प्रतीक्षालयको छत खस्न पुग्दा च्यापिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन्।

गम्भीर घाइते हुनेमा ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वर खाम्चा मगर र २२ वर्षीय अनिल थापा रहेका छन्। उनीहरू सबै सुनवल नगरपालिका–७ ज्यामिरेका हुन् ।

गम्भीर अवस्थामा रहेका घाइते सबैको देवदह मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077