Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

हावाहुरीले ढलेको रूखले लियो शिक्षक भण्डारीको ज्यान

हावाहुरीले ढलेको रूखले लियो शिक्षक भण्डारीको ज्यान

शुक्रवार , जेठ ३, २०८२

कैलाली । कैलालीमा हावाहुरीका कारण रूख ढल्दा गम्भीर घाइते भएका एक शिक्षकको उपचारका क्रममा मृत्यु भएको छ।

शुक्रबार बिहानको हावाहुरीका कारण ढलेको सालको रूखले लागेर घोडाघोडी नगरपालिका–१, सुन्दर टोल निवासी ५२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भएका थिए ।

उनी राष्ट्रिय माध्यमिक विद्यालय, सुखडका प्राचार्य थिए ।

घटनापछि भण्डारीलाई तत्काल घोडाघोडी अस्पताल, सुखडमा लगिएको थियो ।

प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077