चितवन । चितवनमा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ३९ जना सवार थिए ।
घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको छ भने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।