Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने – मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो

प्रधानमन्त्री ओलीले भने – मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेकले स्वास्थ्य जोगाउन कोसिस गर्नुपर्ने सल्लाह दिएका छन् ।

आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाउँदै उनले यस्तो सल्लाह दिएका हुन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताए ।

उनले भने, ‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरी घाउ भएर भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ । पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ?’

किड्नी फेल हुनुको कारण पेन किलर भएको उनले बताए ।

तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए ।

उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077