Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

न्याय परिषद् नियमावली संशोधनको विषयमा सुनुवाइ सकियो

न्याय परिषद् नियमावली संशोधनको विषयमा सुनुवाइ सकियो

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । न्याय परिषद् नियमावली संशोधन खारेजीको विषयमा सुनुवाइ सकिएको छ।

बुधबार संवैधानिक इजलासले सुनुवाइ सकाए पनि आदेश भने आएको छैन। खारेजीको विषय दुई वर्षपछि फेरि सर्वोच्च प्रवेश गरेको थियो।

संविधानसँग बाझिएको कानुन खारेजीको माग गर्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चसमेत केही कानुन व्यवसायीले सोमबार रिट दर्ता गराएकोमा बुधबारका लागि पेसी तोकिएको थियो।

संवैधानिक इजलासको पहिलो नम्बरमै यो मुद्दा रहेकोमा सुनुवाइ सकिएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्माको इजलासले यसमा सुनुवाइ गरेको हो।

मञ्चले उत्प्रेषणको आदेशबाट नियमावली खारेज माग गर्दै संवैधानिक इजलासमा उक्त रिट दर्ता गराएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077