काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि नेपाली भाषाको कद घटाउने काम गर्न नहुने बताएका छन् ।
नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो नभएको बताए ।
गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमका भाषा देशका विशिष्ट व्यक्तिहरूलाई अनादर हुने प्रकारको रहेको र नसुहाउँदो भएको बताए ।
प्रधानमन्त्री ओलीले निरङ्कुश कालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रह्मले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको बताए ।
मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासका लागि दिएको गोरखापत्रले दिएको योगदानको उनले प्रशंसा गरे ।