काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनको पार्थिव शरीरमा एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको थियो। नेता नेपालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएन ।
नेता नेपालले आफ्नो मृत्युपछि पार्टीको झण्डा नओढाउनू भनेको भन्दै घरपरिवारले नमानेपछि उनलाई श्रद्धाञ्जलीका लागि एमालेको कार्यालय च्यासलमा नलगिएको हो । अस्पतालबाट पार्थिव शरीर मंगलबार अपराह्न पशुपति आर्यघाट लगिएको छ।
उनको निधनको खबरपछि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, रक्षा मन्त्री मानवीर राईलगायत नर्भिक अस्पताल पुगेर परिवारका सदस्यहरूसँग भेटेका थिए ।