Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका नेपालको केहीबेर अघि निधन भएको हो । पार्किन्सन रोगबाट पीडित नेपाल पछिल्लो समय निमोनियाबाट पनि पीडित थिए ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्, ‘निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ ।’

उनले नेपालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवार तथा आफन्तमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077