Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

रहेनन् पूर्वमन्त्री प्रदीप नेपाल

रहेनन् पूर्वमन्त्री प्रदीप नेपाल

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री प्रदीप नेपालको निधन भएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएको हो।

चर्चित प्रगतिशील साहित्यकारसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। केहीबेरेअघि नेता नेपालको निधन भएको हो ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्यााइएको थियो।

प्रगतिशील लेखकसमेत रहेका नेता नेपालको थुप्रै पुस्तकहरुसमेत प्रकाशित छन्।

कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए। उनी पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सकृय थिए।

नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077