Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

जन्ती पुर्‍याएर फर्किएको बसलाई त्रियुगा नदीले बगायो

जन्ती पुर्‍याएर फर्किएको बसलाई त्रियुगा नदीले बगायो

मंगलवार , बैशाख २३, २०८२

मोरङ । उदयपुरको बेल्टार फर्किँदै गरेको बसलाई त्रियुगा नदीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बेलुका को १ ख ४७५३ नम्बरको बसलाई उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित नदीले बगाएको हो ।

सप्तरीमा जन्ती पुर्‍याएर फर्किँदै गरेको बस त्रियुगा नदीमा आएको बाढीको बगाएको बताइएको छ ।

सुनसरीको धरानबाट उदयपुरको बेल्टार चल्दै आएको बराह क्षेत्र नामक सो बस नदीले बगाउने क्रममा बस चालक र सहचालक मात्रै रहेको प्रहरीले जनाएको छ । बस बग्न थालेपछि दुवै जनाले ज्यान जोगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077