Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रचण्डलाई योगेशले भने - कुलमान हटाउँदा विरोध गर्नेले प्रधान सेनापति हटाएको सम्झिनू

प्रचण्डलाई योगेशले भने - कुलमान हटाउँदा विरोध गर्नेले प्रधान सेनापति हटाएको सम्झिनू

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आफूले प्रधान सेनापति हटाएको सम्झिन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गर्दै सो आग्रह गरेका हुन् ।

‘म कमरेड प्रचण्डलाई भन्न चाहान्छु,तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो त, एकपल्ट सम्झिनु त प्रधान सेनापतिलाई कसरी हटाउनुभयो ?,’ भट्टराईले भने, ‘अस्तिको कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो। हुँदै नभएको सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो। अनि अर्को मुख्य सचिव ल्याउनु थियो।’

कर्मचारीलाई हटाउने सरकारको अविशिष्ट अधिकार रहेको भन्दै उनले सरकारसँग तालमेल नमिलेपछि एउटा सहसचिव हटाएको बताए।

यस्तै काम केपी ओली सरकारले गर्दा विरोध गरेको भन्दै उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यस्तो चिन्ता किन ? तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ उहाँलाई।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077