Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ ।

चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका– २ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएकोछ ।

राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077