काठमाडौं । संघीय संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्दैछ ।
राष्ट्रिय सभामा सोमबार २२ जना सांसदले नीति तथा कार्यक्रममाथि सुझाव राखेका थिए । बाँकीले आज राख्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।