काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सहमतिअनुसार शिक्षकका माग सम्बोधन गर्न सुझाव दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत खड्काले सरकार प्रमुखलाई सुझाव दिएका हुन् ।
उनले शिक्षकका माग सम्बोधन गरी सडकबाट शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरे । आफ्नो विगतको अनुभवका आधारमा सरकार प्रमुखलाई अनुरोधसहित सुझाव दिएको उनले बताए ।
यसका लागि प्रधानमन्त्रीले नै तत्काल अग्रसरता लिनुपर्ने उनको भनाइ छ । कानुनी रूपमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन गर्न मिल्ने विषयलाई तत्काल निर्णय गरेर टुंगो लगाउन उनले सुझाएका छन् ।
विद्यालय शिक्षा ऐन संसदमा छलफलमा रहेकाले बाँकी कुरा सहमतिका आधारमा चाँडै बस्ने संघीय संसदको बजेट अधिवेशनबाट टुंगो लगाउने गरी सहमति गर्न उनले सुझाव दिए ।
Leave a Reply