Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

६५ वर्ष उमेर नाघेकालाई गभर्नर नबनाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

६५ वर्ष उमेर नाघेकालाई गभर्नर नबनाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । सर्वोच्च अदालतले मापदण्ड संशोधन गरेर नेपाल राष्ट्र बैंकमा ६५ वर्ष माथिकालाई गभर्नर नियुक्त नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मापदण्ड संशोधन गरेर ६५ वर्ष माथिको व्यक्तिलाई गभर्नर नबनाउन आदेश गरेको हो ।

अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्नका लागि दुवै पक्षलाई वैशाख ७ गते बोलाइएको छ ।

गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा गरमागरम भइरहेको बेला सर्वोच्चको आदेशले ६५ वर्ष माथिकालाई गभर्नर बनाउने प्रयासमा ब्रेक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077