Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

टियूको ट्रान्सक्रिप्टका लागि अनलाइनबाटै आवेदन दिन सकिने

टियूको ट्रान्सक्रिप्टका लागि अनलाइनबाटै आवेदन दिन सकिने

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अब अनलाइनबाट नै आवेदन दिन सकिने भएको छ ।

त्रिविका ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि आजदेखि अनलाइन फारामको व्यवस्था गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले प्रदान गर्ने सेवाका लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै धाउनुपर्ने अवस्थालाई कम गर्न गत वर्षदेखि नै अनलाइनमा घोषणा भए पनि वेबसाइट ह्याक भएपछि अनलाइन सेवा अवरुद्ध थियो ।

आज ११ बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनका लागि अनलाइन सेवा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका छन् ।

अन्य सेवाहरु पनि क्रमशः अनलाइन लागू गर्दै लैजाने योजना अनुसार जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु अनलाइनबाट सञ्चालन गरिने परीक्षा नियन्त्रक जोशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077