Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • सिद्धबाबा मन्दिरनजिक कारमाथि ढुंगा खस्दा एक जना घाइते

    सिद्धबाबा मन्दिरनजिक कारमाथि ढुंगा खस्दा एक जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, ३० चैत्र २०८१
  • 51
    SHARES

    बुटवल । बुटवल–दोभान पाल्पा सडक खण्डमा कारमाथि ढंगा खस्दा एक जना घाइते भएका छन्।

    बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथि ढुंगा खस्दा कारमा सवार गणेश गैरे घाइते भएका हुन् ।



    तिनाउ गाउँपालिका ३ रामापिथेकस पार्कनिर चट्टाने भीरबाट खसेको ढुंगा कारको माथिल्लो भाग छेडेर भित्र पसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

    घाइतेको अवस्था सामान्य भए पनि कारमा भने क्षति पुगेको प्रहरीले जनाएको छ। उक्त कार पाल्पाको भैरवस्थानतर्फ जाँदै गरेको थियो।

    दुर्घटनास्थल सिद्धबाबा सुरुङमार्गभन्दा केही मिटर पूर्व माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरको बीचको दुर्घटना जोखिमपूर्ण खण्डमा पर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार