Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सिद्धबाबा मन्दिरनजिक कारमाथि ढुंगा खस्दा एक जना घाइते

सिद्धबाबा मन्दिरनजिक कारमाथि ढुंगा खस्दा एक जना घाइते

शनिवार , चैत्र २९, २०८१

बुटवल । बुटवल–दोभान पाल्पा सडक खण्डमा कारमाथि ढंगा खस्दा एक जना घाइते भएका छन्।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथि ढुंगा खस्दा कारमा सवार गणेश गैरे घाइते भएका हुन् ।

तिनाउ गाउँपालिका ३ रामापिथेकस पार्कनिर चट्टाने भीरबाट खसेको ढुंगा कारको माथिल्लो भाग छेडेर भित्र पसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

घाइतेको अवस्था सामान्य भए पनि कारमा भने क्षति पुगेको प्रहरीले जनाएको छ। उक्त कार पाल्पाको भैरवस्थानतर्फ जाँदै गरेको थियो।

दुर्घटनास्थल सिद्धबाबा सुरुङमार्गभन्दा केही मिटर पूर्व माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरको बीचको दुर्घटना जोखिमपूर्ण खण्डमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077