Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

ट्यारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा ठूलो बन्न सक्छ: शेखर कोइराला

ट्यारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा ठूलो बन्न सक्छ: शेखर कोइराला

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ट्यारिफ युद्ध तेस्रो विश्वयुद्ध भन्दा ठूलो बन्न सक्ने बताएका छन् ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ट्रयारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो बन्न सक्ने बताएका हुन् ।

कांग्रेसका नेता डा.कोइरालाले भने,‘अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको ट्यारिफ युद्ध निकै खतरनाक छ । त्यसले नेपाल अछुतो रहन सक्दैन । यस्तो अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको छ।’

अमेरिका र चीनको ट्यारिफको युद्धले सबै देशमा प्रभाव पारेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077