Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

तीनकुने घटनामा गृहमन्त्री रमेश लेखकले भने–व्यवस्था मास्ने प्रयास भयो

तीनकुने घटनामा गृहमन्त्री रमेश लेखकले भने–व्यवस्था मास्ने प्रयास भयो

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री रमेश लेखकले भने,‘वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिन्छ तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन सक्दैन ।’

राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरुसमेतको उपस्थितिमा काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो ।

सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो ।

तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धबलशम्शेर राणा लगायत पक्राउ परेका छन् ।

प्रसाईंलाई आज भारतबाट झापा हुँदै काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077