Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

केएमसीमा नेविसंघको अग्रता कायमै, अनेरास्ववियुभन्दा क्रान्तिकारी अघि

केएमसीमा नेविसंघको अग्रता कायमै, अनेरास्ववियुभन्दा क्रान्तिकारी अघि

शुक्रवार , चैत्र २८, २०८१

कैलाली । कैलाली बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले अग्रता कायमै राखेको छ ।

अध्यक्षमा नेविसंघका सन्तोष पन्तले ४८५ मतसहित अग्रता लिइरहेका हुन् । उनलाई पछ्याइरहेका अखिल क्रान्तिकारीका पवन सुनारले २९१ मत पाएका छन् ।

यस्तै तेस्रोमा अनेरास्ववियुका यमराज जोशीले २४७ मत ल्याए । यसैगरी अम्विका चौधरीले ५५ र सुनिल राज जोशीले ३४ मत पाए ।

यो एक हजार १५४ मत गन्दाको परिणाम हो । बुधबार भएको निर्वाचनमा दुई हजार ५७ मत खसेको थियो । अन्य पदमा पनि नेविसंघका उम्मेदवार अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077