Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बारका नवनिर्वाचित अध्यक्षले भने–सबैलाई समेटेर अघि बढ्छौं

बारका नवनिर्वाचित अध्यक्षले भने–सबैलाई समेटेर अघि बढ्छौं

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले बारका सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताएका छन् ।

निर्वाचनको अन्तिम मतपरिणामपछि विजयी घोषणा भएलगत्तै बोल्दै नवनिर्वाचित अध्यक्ष मिश्रले सो कुरा बताएका हुन् ।

अध्यक्ष मिश्रले भने,‘निर्वाचन हुनुअघिको सबै वादविवाद आजबाट समाप्त भयो । स्वतन्त्र न्यायपालिका र स्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्नेछौं एकजुट भएर काम गर्नेछौँ।’

बारको विधान नै मुख्य कार्यपत्र रहने बताउँदै उनले युवा, महिला कानुन व्यवसायीको हकहितमा काम गर्ने बताए ।

स्वतन्त्र र स्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता जनाउदै उनले संविधान संशोधनमा पनि योगदान पुर्‍याउने बताए।

वरिष्ठ अधिवक्ता मिश्रले ५ हजार ५२ मत ल्याएर विजयी भएका थिए। उनी कांग्रेस–एमाले गठबन्धनका संयुक्त उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077