Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बानेश्वरमा तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले बानेश्वर सडकका तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ ।

शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको हो ।

तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ माइतीघर-बबरमहल-बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गर्दै आएका छन्।

सरकारले पटकपटक वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन्। विगतमा गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन ल्याउन उनीहरूको माग छ।

शिक्षकहरूलाई एउटा लेनमा मात्र प्रदर्शन गर्न प्रहरी प्रशासनले आग्रह गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077