काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल हुन्।
उनी शंखमूलमा डेरा गरी बस्दै आएका थिए ।
उनी आफ्नै डेरा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।