बझाङ । बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार पानी परेपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै सञ्चालनका लागि जेसिबी पठाइएको छ ।