काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा बिहानै हावाहुरी र चट्याङसहित वर्षा भएको हो ।
यसबाहेक देशका धेरै ठाउँमा पनि पानी परेको छ । कोशीको झापा, सुनसरी र सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी परेपछि काठमाडौं उपत्यकाको प्रदूषण केही घटेको छ । तर, पनि अझै अस्वस्थकर अवस्थामै छ ।
हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि गएमा सबैका लागि अस्वस्थ हुनेमा अहिले काठमाडौंको एक्यूआई १७० भन्दा माथि छ ।
Leave a Reply