Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

काठमाडौंमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौंमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा बिहानै हावाहुरी र चट्याङसहित वर्षा भएको हो ।

यसबाहेक देशका धेरै ठाउँमा पनि पानी परेको छ । कोशीको झापा, सुनसरी र सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेपछि काठमाडौं उपत्यकाको प्रदूषण केही घटेको छ । तर, पनि अझै अस्वस्थकर अवस्थामै छ ।

हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि गएमा सबैका लागि अस्वस्थ हुनेमा अहिले काठमाडौंको एक्यूआई १७० भन्दा माथि छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077