Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

ऊर्जामन्त्री खड्काको निर्देशन - डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउनू

ऊर्जामन्त्री खड्काको निर्देशन - डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउनू

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरूसँग ‘डेडिकेटेड फिडर र ट्रंकलाइन’को बाँकी बक्यौता रकम यकिन गरेर तत्काल उठाउन निर्देशन दिएका छन् ।

ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर उनले बक्यौता उठाउन निर्देशन दिएका हुन् ।

ऊर्जामन्त्री खड्काले विद्युत् महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बक्यौता उठाउन निर्देशन दिए ।

विसं ०७३ माघदेखि ०७५ वैशाखसम्म विभिन्न उद्योगलाई ट्रंकलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् उपलब्ध गराइएको र सोको महसुलसम्बन्धी विवाद रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077