काठमाडौं । फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलेले चैत १५ तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई ५-५ लाख दिने घोषणा गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका प्रसाईंले रजक र महर्जनको परिवारलाई ५(५ लाख दिने घोषणा गरेका हुन्।
उनले भने,'तीनकुने प्रदर्शनमा दुई जना एक जना पत्रकार सुरेश र सविन महर्जनको मृत्यु भएको छ। उहाँहरुको परिवारलाई पाँच पाँच लाख दिने घोषणा गर्दछु। म बाहिर आएपछि म दिन्छु। जसको गोलीले पनि मान्छे मर्नु हुँदैन थ्यो। सरकारले दिन्छ दिँदैन। तर म दिन्छु ।'
यस्तै उनले आफू भागेको नभइ जोगिएको बताए । म भागेको होइन, अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ, उनले भने ।