Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सहकारी ठगीको पैसामा जिबी राईका सिएको मस्ती

सहकारी ठगीको पैसामा जिबी राईका सिएको मस्ती

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । ६ वटा सहकारी ठगेर विदेशमा फरार भएका गितेन्द्रबाबु(जिबी) राईलाई प्रहरीले पक्राउ त गर्न सकेको छैन नै, साथै उनले ठगेको पैसाबाट आर्जन गरेको सम्पत्तिको समेत खोजी हुन सकेको छैन ।

प्रहरीमा उजुरी पर्न थालेपछि राई आफ्ना विश्वासपात्रहरुको नाममा सम्पत्ति लुकाएर भागेका थिए । यसरी लुकाइएका सम्पत्ति खोजी नहुँदा पीडितहरुले पैसा पाउने सम्भावना कम हुँदै गएको छ ।

भाग्नुअघि जिबीले डेढ रोपनी जग्गा आफ्ना चार्टड अकाउन्टेन्ड(सिए) लाई दिइएको अनुसन्धानमा खुलेको छ । ललितपुरको सैबु १ मा रहेको एक रोपनी ८ आना जग्गा सिए बिशेष विभु आचार्यको नाममा छ ।

जून जग्गा २०७९ को भदौ १० गते राजीनामा पास भएको मालपोत कार्यालय ललितपुरको विवरणमा उल्लेख छ । ७८ लाख रुपैयाँमा डेढ रोपनी जग्गाको स्वामित्व हस्तान्तरण गरिएको थियो।

जबकी सो जग्गा आनाकै ५० लाख रुपैयाँ भन्दा धेरै पर्छ । यसरी १० करोड रुपैयाँ भन्दा धेरै सम्पत्ति सिए आचार्यले राखेका छन् । तर, उनलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।

स्रोतका अनुसार जिबीका सबै अनियमितताका साक्षी आचार्य हुन्। गैरकानुनी आर्थिक कारोबारमा उनले नै सघाउँदै आएका थिए । त्यसवापत उनले जग्गा हात पारेका हुन् ।

उनले हात पारेको जग्गासँगको बाँकी जग्गा पनि चेनी क्यापिटलको नाममा लगिएको थियो । त्यहाँको २३ रोपनी सात आना जग्गा बाजेको सेकुवाका मालिक चेतन भण्डारी र पवन साहको नाममा खोलिएको चेनी क्यापिटलको नाममा राखिएको छ ।

सो कम्पनीमा जिबीका पार्टनर कुमार रम्तेल पनि रहेकाले सो जग्गा भने रोक्का राखिएको छ । स्रोतका अनुसार बिक्रि गरिएको देखाएपनि न्यून मूल्यमा नामसारी गरिएको छ ।

ठगीको पैसा जोगाउनकै लागि त्यसरी कम्पनी खोलेर जग्गा लुकाइएको स्रोत बताउँछ । सो जग्गा फुकुवा गर्न पनि चलखेल भइरहेको छ ।

जीबीले आफ्नी ‘प्रेमिका’ लिला पछाईको नाममा दुई वटा घर खरिद गरेका थिए। पछाईलाई भने प्रहरीले पक्राउ गरी मुद्दा नै चलाएको छ । तर, उनका सिए लगायत केही व्यक्तिहरुको हकमा भने अनुसन्धान गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077