Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

आईपीयूको स्वास्थ्य समिति सदस्यमा सांसद सोबिता गौतम निर्वाचित

आईपीयूको स्वास्थ्य समिति सदस्यमा सांसद सोबिता गौतम निर्वाचित

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा निर्वाचित भएकी छन् ।

उज्बेकिस्तानको तासकन्दमा जारी १५० औं अन्तर व्यवस्थापिका संघको महासभाले गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा सांसद गौतम निर्वाचित भएकी हुन्।

आईपीयूको स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो।

नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आईपीयू शासकीय परिषद्ले १५ सदस्यलाई चार वर्षे कार्यकालका लागि निर्वाचित गरेको छ, जसको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ।

स्वास्थ्यसम्बन्धी समितिमा नेपालबाट रास्वपा सांसद गौतमसहित १३ जना निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077