Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

काठमाडौंसहित देशका विभिन्न जिल्लामा हल्का वर्षा

काठमाडौंसहित देशका विभिन्न जिल्लामा हल्का वर्षा

बुधवार , चैत्र २६, २०८१

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा हल्का वर्षा भएको छ ।

झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ, पाल्पालगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको हो ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्ले जनाएका छन् ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077