Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सरकारलाई शिक्षक महासंघले भन्यो - अहिलेकै अवस्थामा वार्तामा बस्दैनौँ

सरकारलाई शिक्षक महासंघले भन्यो - अहिलेकै अवस्थामा वार्तामा बस्दैनौँ

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले वार्तामा नबस्ने बताएको छ । सरकारले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै महासंघलाई वार्तामा आउन आग्रह गरेको थियो ।

तर विज्ञप्तिमार्फत आह्वान भएको अहिलेको वार्तामा बस्नुको कुनै औचित्य नरहेको महासंघले प्रष्ट पारेको हो । आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै महासंघले अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नरहेको बताएको छ ।

महासंघले वार्ताका लागि केही सर्त राखेको छ । संसद्को वर्षे अधिवेसन तत्काल सुरु गर्नुपर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने महासंघले जनाएको छ ।

देशभरका शिक्षक काठमाडौं आएर केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077