अछाम । अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ । साँझ ७ः२० बजे स्थानीय पुष्पराज शर्माले सञ्चालन गर्दै आएको आइएमई पसलमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भई आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आगलागीबाट अहिलेसम्म रतन साउदको घर, कालु सुनार र किस्मत सुनाको सुनचाँदी पसल, हिमाल साउदको मोबाइल पसल, रति साउदको भाडा पसल, साथै रामबहादुर रावत, मञ्जु साउद र रगोकुल साउदका किराना पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
आगलागी नियन्त्रणमा ल्याउन मंगलसेन नगरपालिकाबाट दमकल परिचालन गरिएको भए पनि बजारको भित्री भागमा पुग्न कठिन भएकाले नियन्त्रणमा समस्या भइरहेको स्थानीयले बताएका छन् ।
दमकल बजारभित्र प्रवेश गर्न नसक्दा जेसिबी प्रयोग गरेर आगो नजिकको संरचना भत्काउने कार्य भइरहेको छ । अछाम प्रहरीका अनुसार आगो अहिलेसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आएको छैन ।
आगलागी नियन्त्रणमा लिन प्रहरी, सशस्त्र लगायत स्थानीय लागिरहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Leave a Reply