Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कार्यक्रम स्थल आफै सफा गरेपछि राप्रपालाई बालेनले दिए धन्यवाद

कार्यक्रम स्थल आफै सफा गरेपछि राप्रपालाई बालेनले दिए धन्यवाद

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन्।

मंगलबार काठमाडौंको बल्खुमा खबरदारी सभा स्थिलमा राप्रपा आफैले सफा गरेपछि मेयर बालेनले राप्रपालाई धन्यवाद दिएका हुन् ।

सभा सकिएपछि राप्रपाका स्वयमसेवक तथा नेता कार्यकर्ताहरूले कार्यक्रम स्थलमा रहेको फोहोर सफा गरेका थिए।

मेयर शाहले फेसबुकमा लेखेका छन्,‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन, सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ।राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ।’

राप्रपाले कार्यक्रम स्थलको फोहोर सफा गरेकोमा मेयर शाहले धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077