Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राजतन्त्रमा पृथ्वीनारायण शाहबाहेक कसैले सत्कर्म गरेनन् : शंकर पोखरेल

राजतन्त्रमा पृथ्वीनारायण शाहबाहेक कसैले सत्कर्म गरेनन् : शंकर पोखरेल

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजतन्त्रको ईतीहासमा  पृथ्वीनारायण शाह र बहादुर शाहबाहेक कसैले सत्कर्म नगरेको बताएका छन् ।

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको पार्टीको वृहत् जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

नेपालको राजनीतिमा अढाइ सय वर्षसम्म शासन गरेको शाह वंशीय शासन सत्ताले सत्कर्म नगरेको बताए ।

‘मान्छेले सत्कर्म गरेको रहेनछ भने मरेपछि प्रेत बनेर दुःख दिन्छ, सत्कर्म गरेको रहेछ भने सजिलै स्वर्ग जान्छ, दुष्कर्म गरेको रहेछ भने प्रेत बनेर दुःख दिन्छ’ उनले भने, ‘त्यसैले प्रेत बनेर जनतालाई दुःख दिइरहेको छ, हामी त्यही प्रेत मन्छाउन आएका छौँ ।’

जनताले ल्याएको परिवर्तनका विरुद्ध प्रतिगामी सलबलाएकोले त्यसको खबरदारी गर्न एमाले सडकमा आउनु परेको पोखरेलले बताए ।

महासचिव पोखरेलले गणतन्त्रले केही दिएन भन्नेहरूलाई गाउँ गाउँमा नाङ्गेझार बनाउनु पर्ने उनले बताए ।

देशका विकास सोचे जस्तो हुन नसकेको भए पनि राजा र मण्डलेहरूले ध्वस्त पारेको देश र अर्थतन्त्रलाई गणतन्त्रले अघि बढाउने काम सुरु गरिसकेको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077