Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

आन्दोलनरत शिक्षकहरुलाई सरकारले बोलायो वार्तामा

आन्दोलनरत शिक्षकहरुलाई सरकारले बोलायो वार्तामा

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघलाई सरकारले वार्तामा बोलाएको छ ।

काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई सरकारले फेरि वार्तामा बोलाएको हो ।

चैत २० गतेदेखि माइतीघर-बबरमहल क्षेत्रमा शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले प्रदर्शन गर्दै आएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति निकालेर शिक्षक महासंघलाई वार्ता र संवादमा आउन आग्रह गरेको हो ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन्।

यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासंघ गएको थिएन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077