काठमाडौं । आन्दोलनरत शिक्षक महासंघलाई सरकारले वार्तामा बोलाएको छ ।
काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई सरकारले फेरि वार्तामा बोलाएको हो ।
चैत २० गतेदेखि माइतीघर-बबरमहल क्षेत्रमा शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले प्रदर्शन गर्दै आएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति निकालेर शिक्षक महासंघलाई वार्ता र संवादमा आउन आग्रह गरेको हो ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन्।
यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासंघ गएको थिएन।
Leave a Reply