Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राप्रपाले आफैं गर्‍यो सडक सफा

राप्रपाले आफैं गर्‍यो सडक सफा

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं ।  बिरोध प्रदर्शनको क्रममा फोहर भएको भन्दै पटक–पटक काठमाडौं महानगरपालिकाको कारवाहीमा परेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफैं सफा गरेको छ ।

सोमबार बल्खुमा प्रदर्शनको क्रममा भएको फोहर राप्रपका नेता, कार्यकर्ताले आफैं सफा गरेका हुन् ।

राप्रपाले आयोजना गरेको खबरदारी सभा सम्पन्न भएसंगै फोहोर संकलन गरेका थिए ।

महानगरले जरिवाना गर्नसक्ने अवस्थालाई मध्यनजर गदैै राप्रपाका नेता, कार्यकर्ताहरू आफैं जुटेर फोहोर संकलन गर्न थालेका हुन् ।

कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077