Online Nepal
  • बुधबार, १० बैशाख २०८२
  • बार एसोसिएसनको मतगणना : मिश्र दोब्बर मतले अगाडि

    बार एसोसिएसनको मतगणना : मिश्र दोब्बर मतले अगाडि

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 399
    SHARES

    काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले निकटका कानुन व्यवसायीका उम्मेदवार विजयप्रसाद मिश्रले मतान्तर झण्डै दोब्बरले अगाडी बढेका छन् ।

    अध्यक्षका उम्मेदवार मिश्रले एक हजार २९५ मत प्राप्त गर्दा अर्का उम्मेदवार रमनकुमार श्रेष्ठले ६८२ मत ल्याएका छन् ।



    श्रेष्ठ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० निकटका कानुन व्यवसायीको साझा उम्मेदवार बनेका छन् ।

    पछिल्लो गणनामा मिश्रले जनकपुरमा ९८, नवलपरासीमा २६, कपिलवस्तुमा ३१, रुपन्देहीमा ८४, पाल्पामा ४९ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले जनकपुरमा ४०, नवलपरासीमा १३, बुटवलमा ३१, कपिलवस्तुमा ५, रुपन्देहीमा २४, पाल्पामा १३ मत पाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार