Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

नगर प्रहरीको घेरा तोडेर कार्यालय प्रबेश गरे गुरागाईं, कार्यकक्षको ताला फुटाउने तयारी

नगर प्रहरीको घेरा तोडेर कार्यालय प्रबेश गरे गुरागाईं, कार्यकक्षको ताला फुटाउने तयारी

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् ।

उनलाई महानगर प्रहरीले प्रबेशमा रोक लगाएको भएपनि प्रहरी घेरा तोडेर उनी कार्यालय प्रबेश गरेका हुन् ।

महानगरका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रबेश गराउन नगर प्रहरीलाई हटाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुदा महानगरका कर्मचारीहरुले बिगत तीन महिनादेखि तलबसमेत पाएका छैनन् । बिना तलब काम गर्नु पर्दा आक्रोशित बनेका कर्मचारीहरुले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

काठमाडौं वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कक्षपतिले तीन महिनादेखि कर्मचारीले तलब खान नपाएर समस्यामा परेकाले प्रमुख प्रशाकीय अधिकृतलाई हाजिर गराउने पक्षमा आफूहरू रहेको बताएका छन् ।

महानगरकी उपप्रमुख सुनिता डंगोल पनि पहिल्यैदेखि यो विषयमा मेयर साहप्रति असन्तुष्टि राख्दै आएकी थिइन् । प्रशासकीय अधिकृतलाई काम गर्न दिनुपर्ने उनको अडान थियो ।

कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईँलाई कार्यकक्षतिर लगेका थिए । तर, कार्यकक्षमा मेयर बालेन्द्र साहले ताला लगाइदिएका छन् । अहिले ताला फुटाउने काम भइरहेको छ ।

अहिले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन महानगरका प्रवक्तामेत रहेका वडाअध्यक्ष नवीन मानन्धर, अर्का वडाअध्यक्ष कक्षपति र काठमाडौं २२ का वडाअध्यक्ष चिनिकाजी महर्जनसहितका जनप्रतिनिधि कमलादीस्थित कार्यालयमा पुगिसकेका छन ।

जम्मा भएका वडाअध्यक्षहरूले महानगर जनप्रतिनिधिमातहत हुनुपर्नेमा नगर प्रहरीले चलाएको भन्दै आक्रोश पोखिएको छ। उता बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले चढ्ने गाडीमै पनि नगर प्रहरी लगाएर ह्वील लक गराइदिएका छन्।

महानगरपालिकाले आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै जिम्मेवारीबाट हटाएका गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077