Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

पशुपति आर्यघाटमा सांसद बोहराको अन्त्येष्टि

पशुपति आर्यघाटमा सांसद बोहराको अन्त्येष्टि

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । राप्रपाका संस्थापक नेता तथा प्रतिनिधि सभाका सांसद दीपक बोहराको आज अन्त्येष्टि गरिएको छ ।

उनको उपचारका क्रममा मंगलबार ७६ वर्षको उमेरमा निधन भएको थियो ।

सांसद बोहराको आज पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिएका थिए ।

सभामुख देवराज घिमिरे, उप्रप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा राप्रपाका नेता कार्यकर्ताले पशुपति आर्यघाटमा पुगेर नेता बोहराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077