काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक दुवैले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।
सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार, न्यायाधीश मुसलमानको इजलासमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट निवेदन पेशीका लागि सूचिकृत छ ।
घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ नम्बरमा छ ।
घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनःस्थापनाको माग गरेका छन् भने शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।