Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

काठमाडौं महानगरले रोक्यो धर्मकीर्ति महाविहारको निर्माण

काठमाडौं महानगरले रोक्यो धर्मकीर्ति महाविहारको निर्माण

बिहिवार , चैत्र १३, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकेको छ ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा रहेको समितिले निर्माण कार्यको अनुगमन गर्दा भर्‍याङ् जोखिमपूर्ण भेटिएको र भवन निर्माण प्रक्रियामा लापर्वाही देखिएको थियो ।

यसपछि समितिले जोखिमपूर्ण भर्‍याङ् भत्काउन, सुपरभाइजर र साइट इञ्जिनियरको लिखित स्वीकृति बिना थप काम अगाडि नबढाउन निर्देशन दिएको हो ।

जमिन तलाबाट पहिलो तलामा जाने भर्‍याङका तलाहरुको उचाइ फरक फरक भएको, साँघुरो भएको, ढलान गर्न जोडिएका फर्मामुनि इटा राखिएको, सुपरभाइजर र इञ्जिनियरले यस अघि दिएका निर्देशन पालना नगरेको अवस्था पाइएकोले निर्माण कार्य रोकिएको हो ।

अनुगमनका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख डंगोलले, पूर्वाधार निर्माणमा भइरहेका गलत क्रियाकलापहरुमा आँखा चिम्लिन नसकिने बताइन् । ‘तोकिएको मापदण्डमा घट्ने गरी कतैको पनि काम अगाडि बढ्न दिँदैनौँ । काम नभएर फरक पर्दैन, गलत हुनुहुँदैन,’ उनले भनिन् ।्

यो विहार वुद्ध शिक्षाका लागि निर्माण गर्न लागिएको हो । गएको भदौ २३ गते कार्यादेश दिइएको निर्माण कार्य २०८२ भदौ २२ गतेसम्ममा सम्पन्न गरिसक्नु पर्नेछ । आयोजनाको सम्झौता रकम ५६ लाख ५८ हजार ३७२ रुपैयाँ हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077