काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सुरक्षामा कडा बनाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई यही सोमबार बर्खास्त गरेपछि खड्काको सुरक्षाका लागि सरकारले थप सुरक्षाकर्मी खटाएको हो ।
घिसिङलाई हटाउने सरकारी निर्णयविरुद्ध नागरिकस्तरमा सडकमा आन्दोलन बढेको छ । सम्भावित जोखिम हुन नदिन खड्काका लागि सुरक्षा बढाइएको बताइएको छ ।
मन्त्री खड्काका लागि अगुवा गाडीसहित थप सुरक्षाकर्मी तैनाथ गरिएको छ । पछिल्लो समय सुरक्षाका कारण खड्का सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम पनि स्थगित गर्न थालिएको छ।
Leave a Reply