Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

ऊर्जामन्त्री खड्काको सुरक्षामा अगुवा गाडीसहित थप सुरक्षाकर्मी तैनाथ

ऊर्जामन्त्री खड्काको सुरक्षामा अगुवा गाडीसहित थप सुरक्षाकर्मी तैनाथ

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सुरक्षामा कडा बनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई यही सोमबार बर्खास्त गरेपछि खड्काको सुरक्षाका लागि सरकारले थप सुरक्षाकर्मी खटाएको हो ।

घिसिङलाई हटाउने सरकारी निर्णयविरुद्ध नागरिकस्तरमा सडकमा आन्दोलन बढेको छ । सम्भावित जोखिम हुन नदिन खड्काका लागि सुरक्षा बढाइएको बताइएको छ ।

मन्त्री खड्काका लागि अगुवा गाडीसहित थप सुरक्षाकर्मी तैनाथ गरिएको छ । पछिल्लो समय सुरक्षाका कारण खड्का सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम पनि स्थगित गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077