Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४१.४३ अंकले बढ्यो नेप्से, सबै सेक्टरमा वृद्धि

४१.४३ अंकले बढ्यो नेप्से, सबै सेक्टरमा वृद्धि

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ४१.४३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो । २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् ।

व्यापार सेक्टर सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन ०.९२, माइक्रोफाइनान्स २.२२, निर्जीवन बीमा ०.८५, अन्य १.७४ प्रतिशत बढे ।

सबैभन्दा धेरै मूल्य घट्नेमा इस्टर्न हाइड्रोपावर रह्यो, जसको मूल्य १.५ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स तथा ग्रीन डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077