कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका-३ डाडामाडुमा बोलेरो दुर्घटना भएको छ ।
सुर्खेतबाट कुमालगाउँ कालीकोटतर्फ आउँदै गरेको क.प्र.०२००२ च ०७०७ नम्बरको डबलक्याप बोलेरो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको योगी नरहरीनाथ अस्पताल कुमालगाउँ कालीकोटमा उपचार भइरहेको छ ।
बोलेरो ब्याक गर्ने क्रममा सडकदेखि अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको थियो ।