Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

अब लोडसेडिङ हुँदैन, दुई हप्ताभित्र रिजल्ट देखाउँछु : हितेन्द्रदेव शाक्य

अब लोडसेडिङ हुँदैन, दुई हप्ताभित्र रिजल्ट देखाउँछु : हितेन्द्रदेव शाक्य

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङ नहुने दाबी गरेका छन् ।

मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गर्दै यस्तो दाबी गरेका हुन् । लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अब लोडसेडिङ नहुने उनले प्रष्ट पारे ।

'अहिले उद्योगहरूमा मात्रै हो १२ देखि १४ घण्टा लोडसेडिङ भइरहेको छ,' उनले भने, 'अब यो पनि हुँदैन' । उनले दुई हप्ताभित्र केही सकारात्मक नतिजा देखिने गरी काम गर्ने बताए ।

प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिकरूपमा समाधान गर्ने उनले प्रतिबद्धता जनाए ।

साथै शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने बताए । प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077