काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेललाई नियुक्त गरेको छ ।
सोमवार बसेको बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको हो ।
नेप्सेको सीईओ पदका लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जनामध्ये चूडामणि चापागाईं, नारदकुमार लुँइटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्टलिस्टमा राखेको थियो ।
यसअघि सीईओ रहेका कृष्णबहादुर कार्कीको कार्यकाल गत माघमा सकिएको थियो ।