Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दोहोरो अंकले नेप्से बढ्दा ४ अर्ब ४८ करोडको सेयर कारोबार

दोहोरो अंकले नेप्से बढ्दा ४ अर्ब ४८ करोडको सेयर कारोबार

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । गत आइतबारदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा आज दोहोरो अंकले बढेको छ ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंकले बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमामा कायम भएको छ ।

अघिल्लो दिन आइतबार नेप्से परिसूचक ५३ अंकले घटेको थियो। परिसूचक बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको हो।

आइतबार ६ अर्ब ३२ करोडको सेयर कारोबार भएकोमा ४ अर्ब ४८ को सेयर खरिदबिक्री भयो। नेप्से दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स सेयर सर्वाधिक ९.२९ प्रतिशतले बढ्यो। पोखरा फाइनान्सको सेयर ७.४७ प्रतिशतले बढ्दा समृद्धि फाइनान्सको ६.३० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

सीईडीबी होल्डिङ्सको १५ करोड बढीको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्स र गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सको १२/१२ करोडको सेयर कारोबार भयो।

सिन्धु विकास बैंकले भने ११ करोडको सेयर कारोबार गर्‍यो। कारोबारमा आएका २१० स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077