Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन प्रेस चौतारी अध्यक्षका उम्मेदवार राईको आह्वान

लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन प्रेस चौतारी अध्यक्षका उम्मेदवार राईको आह्वान

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्ष पदका उम्मेदवार राजेश राईले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत वर्तमान उपाध्यक्ष समेत रहेका राईले लोकतान्त्रिक अभ्यासले पार्टीलाई सुदृढ र बलियो बनाउने भन्दै निर्वाचन प्रक्रियामा सहभागी हुन अनुरोध गरेका हुन् ।

उनले यसअघि नै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । हिजो १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए ।

आज बिहानबाट निर्वाचन प्रक्रिया शुरू हुनेछ । पार्टी र संगठनको विधान र हाम्रो निर्दिष्ट मुल्य, मान्यता र अभ्यास अनुसार अब अध्यक्ष मण्डलले निर्वाचन प्रक्रियाका लागि निर्वाचन आयोगलाई जिम्मेवारी दिनेछ । सहमति नभए निर्वाचन समितिले आज नै निर्वाचन प्रक्रिया सुरू गर्नेछ ।

अध्यक्ष पदमा राईले उम्मेदवारी घोषणा गरिसकेका छन् । तर अध्यक्षको प्रचार गरिरहेका वर्तमान उपाध्यक्ष गणेश पाण्डेले भने उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

राईलाई चौतारीको सर्वसम्मत अध्यक्ष बनाउने गरी गत १८ फागुनमा एमाले सचिवालय बैठकले अध्यक्ष पदका अर्का आकांक्षी पाण्डेलाई प्रचार विभागको सचिव पदमा नियुक्त गरेको थियो ।

तर प्रचार विभाग सचिव पदको शपथ लिइसकेका पाण्डे अहिले आफूलाई अध्यक्ष पदको उम्मेदवार भन्दै प्रचार गरिरहेका छन् । एमालेले पाण्डेलाई नै अध्यक्षको जिम्मेवारी दिने तयारी गरेपछि विवाद सिर्जना भएको छ ।

पाण्डेलाई टिके प्रथाबाट अध्यक्ष बनाउने तयारीमा एमालेका अध्यक्ष केपी शर्मा ओली नै लागेको आरोप छ । तर अध्यक्ष पदका उम्मेदवार राईले भने सबै मतदातालाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, 'सबै आदरणीय अग्रज र प्रतिनिधि कमरेडहरुलाई भोलि हुने लोकतान्त्रिक प्रक्रियामा सहभागी भइदिन अनुरोध छ । लोकतान्त्रिक प्रक्रियाले नै हाम्रो प्रणालीलाई मजबुत बनाउने हो । सबै भावना र मनोविज्ञानको एकमुष्ठ सम्बोधन/सम्मान हुनेछ । लोकतान्त्रिक अभ्यासले पार्टीलाई कमजोर होइन, थप सुदृढ र बलियो बनाउनेछ । थप नयाँ उचाईको अपनत्व र स्वमित्व कामय हुनेछ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077