काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नजिकिदै गरेको नयाँ वर्ष विक्रम संवत २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।
नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ सरल तथा सहज सुविधाको लागि डिजिटल क्यालेन्डर सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
आकर्षक साजसज्जासहित सार्वजनिक भएको डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरिनुका साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरुसहित बैंकको नयाँ बनेका भवनहरुको तस्बिरहरुसहित वाल तथा टेबल क्यालेन्डरको आकारमा सार्वजनिक गरेको हो ।
बैंकले उक्त डिजिटल क्यालेन्डर आफ्नो आधिकारिक वेबसाइट (https://www.nicasiabank.com/e-calendar/) मार्फत सजिलै डाउनलोड गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।